मिनिट्रक पल्टिँदा पैदल यात्रीको मृत्यु
थानकोट ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ स्थित नेपाल मेडिकल कलेजस्थित सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भे. १ क १५६ नम्बरको मिनिट्रक पल्टिँदा सोही मिनिट्रकले च्यापिएर पैदलयात्री गोकर्णेश्वर नगरपालिका-९ आरूबारी बस्ने ५५ वर्षीया पबित्रा रिसालको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।
मिनिट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

















