मातातिर्थ खेल मैदानलाई स्तरोन्नतिका लागि सक्दो सहयोग हुनेछ- खेलकुद मन्त्री तेजुलाल चाैधरी
थानकोट ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थ बालागाउँस्थित फुटबल मैदानको स्तरोन्नतिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
शनिबार तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री चाैधरीले सो धारणा राखेका हुन् ।
क्लीन भीजनलाई तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
स्थानीय संघ संस्थाहरूको पहल रहने हो भने मैदानको स्तरोन्नतिका लागि मन्त्रालयले सहायत गर्न सक्ने मन्त्री चाैधरीको भनाइ थियो । गत शनिबार देशका विभिन्न क्षेत्रमा गएको बाढी पहिरो तथा विपद् मा परि एन्फा एकेडेमीका ६ जना विद्यार्थीसहित सयाैं जनाको ज्यान गएको प्रति दुःख व्यक्त गर्दै मन्त्री चाैधरीले सो बाढी पहिरो तथा डुबानबाट खेलकुदका संरचनामा के कति क्षति भइरहेको छ सो अध्ययन भइरहेको बताए ।
मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा सम्पन्न तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्लीन भीजन क्लबले जितेको छ ।
तेस्रो मातातिर्थ गोल्डकपः लोरेनलाई फेयर प्ले अवार्ड, व्यक्तिगत विधामा कसले कुन उपाधि जिते ?












