चार दिनअघि खोंचमा खसेका कीर्तिपुरका प्रल्हाद महर्जनको अवस्था अझै अन्योल

Thankot Times

थानकोट ।

चारदिन अघि कीर्तिपुरमा खोंचमा खसेका प्रल्हाद महर्जनको अवस्था अझै अज्ञात छ ।

कीर्तिपुर नगरपालिका-९ भाजंगाल खाेल्साे (ढुंगःचा खाेंच)मा ढिस्काेसहित खसेका महर्जनको खोजी हिजो तेस्रो दिन पनि जारी रहेको बताइएको छ ।

यद्यपी उनी फेला नपरेको खोजीमा सक्रिय राजेन्द्र अधिकारीले जानकारी दिए ।

उनको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको टोली तथा स्थानीयहरू निरन्तर लागिरहेपनि अवस्था थाहा हुन सकेको छैन् ।

तस्बिरः राजेन्द्र अधिकारी


Leave a Reply

Your email address will not be published. Required fields are marked *