प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकद्धारा २ करोड रुपैयाँ सहयोग
थानकोट।
नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रूपैयाँ उपलब्ध गराएको छ।
उक्त चेक बैंकले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढी पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न उक्त रकम दिएका हुन्।
प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरेका थिए।
कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि उनले आग्रह गरेका छन्।
यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो ।














