कलंकी लगायतका स्थानबाट चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण

Thankot Times

थानकोट ।

काठमाडौँ उपत्यकाबाट चोरी भएका स्कुटर र मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

विभिन्न समयमा हराएका २६ वटा दुइपांग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी भरत बहादुर बोहराले १६ वटा मोटरसाइकल र १० वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् । चोरी भएका ती सवारी साधन ट्राफिक प्रहरीले काँडाघारी, सानोथिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगन्ज, बुढानीलकण्ठ, नेपालटार, ठमेल र कलंकीबाट फेला पारको थियो ।

साउन महिनायता चोरी भएका १४१ वटा दुईपांग्रे सवारी अनुसन्धानबाट पत्ता लगाएर धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *