थानकोट-चित्लाङ-कुलेखानी सडकमा हलुका सवारीसाधन मात्रै सञ्चालन गर्न प्रहरीको अनुरोध
थानकोट ।
जिल्ला प्रहरी कार्यालयले मकवानपुरले चित्लाङ-थानकोट सडक खण्डमा अत्यावश्यक सेवाका सवारी साधन, हलुका सवारी साधन र सरकारी सवारी साधन मात्रै सञ्चालन गर्न अनुरोध गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै कार्यालयले भैंसे-भीमफेदी-कुलेखानी-मार्ख-चित्लाङ हुँदै काठमाडाैं रूटमा हलुका सवारी साधन मात्रै सञ्चालनका लागि अनुरोध गरेको हो ।
यस्तै भैंसे-पालुङ-चित्लाङ हुँदै काठमाडाैं वा हेटाैंडा- भैंसे-पालुङ-नाैबिसे-काठमाडाैं सडक खण्डमा चार पाङ्ग्रे सवारी साधन (मिनिबस, हाइस, तरकारी बोक्ने साना गाडी) बिहान ४ देखी ९ बजेसम्म मात्रै सञ्चालनका लागि अनुरोध गरेको छ ।
कार्यालयले मिनि ट्रक, लगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने मालबाहक सवारी साधनको चाप हेरी राति १० देखी बिहान ४ बजेसम्म हेटाैंडा-भैंसे- पालुङ- नाैबिसे हुँदै काठमाडाैं रूटमा सञ्चालनका अनुरोध गरेको हो ।
कार्यालले हेटाैंडा-भैसे-भीमफेदी-कुलेखानी-फाखेल हुँदै काठमाडाैं जाने आउने सडकको मर्मत तिव्र रूपमा अघि बढिरहेको समेत जनाएको छ ।














