चन्द्रागिरि पशु बजारसहित काठमाडाैं विभिन्न स्थानमा खसी, बोका र च्याङ्ग्रा बिक्री सुरू
थानकोट ।
आइतबारबाट काठमाडाैं दशैंका लागि विभिन्न स्थानमा खसी, बोका र च्याङ्ग्रा बिक्री सुरू भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीको बिक्रीवितरण सुरू गरेको हो।
खाद्यबाहेक काठमाडौं उपत्यकामा विभिन्न ठाउँहरूमा निजी तबरबाट व्यवसायीहरूले दसैँमा खसीबोका बिक्री गर्ने गरेका छन्।
काठमाडौंमा कलंकी, बागबजार नजिकको टुकुचा, टोखा, कपन, सुकेधारा, बल्खु, चन्द्रागिरि लगायतका स्थानमा निजी तवरले खसीबोका बिक्री वितरण सुरु भएको हो ।
खाद्यसँगै काठमाडौं उपत्यकामा विभिन्न ठाउँमा व्यवसायीहरूले बिक्री वितरण गर्ने पशुको हकमा भने स्वस्थ छ/छैन भन्ने निर्क्योल पशु सेवा विभागले गर्छ।
विभागका पशु विकास अधिकृत सीताराम वलीका अनुसार काठमाडौं उपत्यकाभरिका पशु बजारमा विभागले भेटेनरी डाक्टरसहितका टोली खटाएका हुन्छन्।
विभागले उपत्यकाभरिका पशु बजारहरूलाई १० क्षेत्र छुट्याएर अनुगमनमा टोली खटाउँछ।












