चित्लाङ उक्लने मोटरसाइकलको ताँती (भिडिवो)

Thankot Times

थानकोट ।

दशैं शुरु भएपछि करिब चार लाख मानिसले काठमाडाैं उपत्यका छाडेका छन् ।

असोज १४ देखि २० गते दिउँसोसम्म चार लाखको काठमाडौं छाडेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसोसम्म ६ दिनको अवधिमा तीन लाख ८० हजार १ सय ६४ जनाले काठमाडौं उपत्यका छाडेका हुन् ।

वर्षा रोकिएसँगै थानकोट हुँदै बाहिरिने यात्रुको चाप पनि बढेको छ ।

तर काठमाडौं भित्रिने यात्रुको संख्या भने न्यून हुँदै गएको छ ।

पछिल्लो ६ दिनको अवधिमा दुई लाख ६० हजार ६ सय २९ जना काठमाडौं भित्रिएका छन् ।

पछिल्लो एक साता यता थानकोट र नागढुंगामा सवारीसाधनको चाप बढेको छ ।

बीपी राजमार्ग, दक्षिणकाली-हेटाैडा मार्ग लगायतमा यातायात सञ्चालन अवरुद्ध हुँदा नागढुङ्गा नाका, थानकोट-चन्द्रागिरि भञ्ज्याङ नाका हुँदै राजधानी बाहिरने यात्रुहरूको संख्या बढ्दो छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *