दोस्रो दिन पनि दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार बढी हुनेमा चन्द्रागिरि
थानकोट ।
कारोबारको दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले बढेको छ भने कारोबार रकममा पनि बढेको छ।
बजार परिसूचक नेप्से ३७ दशमलब १३ अंकले बढेर २६ सय ९० दशमलब ७२ को बिन्दुमा पुग्दा कारोबार रकम पनि ७ अर्ब नाघेको छ।
आज कारोबारमा आएका ३०५ कम्पनीको ७३ हजार १ सय १९ पटक कारोबार हुँदा सेयरको दोस्रो बजारमा ७ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ। जसमा सबैभन्दा बढी चन्द्रागिरि हिल्सको करिब २७ करोडको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये सबैभन्दा बढी थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मुल्य ८८ रुपैयाँले बढेर प्रति कित्ता ९७४ रुपैयाँ पुगेको छ। त्यस्तै सबैभन्दा बढी गुमाउनेमा इस्टर्न हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ
क्षेत्रगत रुपमा होटल्स एण्ड टुरिजम क्षेत्रको इन्डेक्स सबैभन्दा बढीले बढेको छ भने सबै उत्पादन क्षेत्र सबै भन्दा कम बढीले घटेको छ।














