तीन वटा अनलाइन सञ्चारमाध्यम अवज्ञाकारीको कालोसूचीमा

Thankot Times

थानकोट ।

प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने तीन वटा अनलाइन सञ्चार माध्यमलाई कालोसूचीमा राखेको छ ।२०८१ साउन यता आचारसंहिता पालना गर्न दिइएको निर्देशन पालना नगर्ने ३ वटा सञ्चारमाध्यमलाई काउन्सिलले अवज्ञाकारीको कालोसूचीमा राखेको हो।

कालोसूचीमा पर्ने सञ्चार माध्यममा एबीपीक्राइमन्यूज डट कम, टीभीअन्नपूर्ण डटकम र सेतोखरी डटकम छन् ।

यो आर्थिक वर्षमा ७६ वटा उजुरी दर्ता भएका छन् भने २६९ सामाग्री काउन्सिलले स्वअनुगमन गरी कारबाही गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *