दशैं मनाउने सन्दर्भमा एकरुपता कायम गर्न चन्द्रागिरि नगरबाट सूचना जारी

Thankot Times

थानकोट ।

यसवर्षको दशैं पर्वमा तिथि घटबढ भएपछि दशैं अन्तर्गत कुन दिन कुन पूजा गर्ने भन्ने अन्योल भएपछि चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा दशैं मनाउन एकरूपता कायम गर्न सूचना जारी गरेको छ।

मंगलबार नगरप्रमुख घनश्याम गिरीद्धारा जारी सूचनामा नेपाल भाषा, कला संस्कृति संरक्षण तथा प्रवर्द्धन समितिको २०८१ असोज २० गतेको पत्रानुसार सो समितिले आयोजना गरेको चन्द्रागिरि नगरपालिका भित्रका विभिन्न गाउँका कजि (अध्यक्ष) हरु, वडा अध्यक्षहरु र विभिन्न गाउँका प्रतिनिधिहरूको २०८१ असोज १९ गते बसेको बैठकले दशैं पर्व मनाउन एकरुपता कायम गर्ने निर्णय गरेको बताइएको छ ।

जसअनुसार चन्द्रागिरि नगरपालिका भित्र २०८१ असोज २४ गते बिहीबार फूलपाती कुद्धिं भ्वय् मनाइनेछ । यसैगरी २०८१ असोज २५ गते शुक्रबार स्याक्व त्यांक्व र २०८१ असोज २६ गते शनिबार टिका (चांलं) मनाइने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *