श्रीमतीको हत्यापछि टाउको बोकर हिँडेको अवस्थामा युवक पक्राउ
थानकोट ।
श्रीमतीको टाउको काटी बोकेर गाउँ डुलाइरहेका श्रीमानलाई उदयपुरमा प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार साँझ उदयपुरको त्रियुगा नगरपालिका-६ जलजलेका २८ वर्षीया प्रमिला लामाको टाउको काटेर बोकी हिंडेका श्रीमान ३६ वर्षीय जङ्गबहादुर घिसिङलाई प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विवादमा तामाङले श्रीमतीलाई खुकुरी प्रहार गरी घाँटीमा छिनाएर टाउको लिएर बाटोमा हिँड्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जलजलेको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ताप्ली गाउँपालिका–४ थानागाउँ स्थायी घर भएका उनीहरू त्रियुगा नगरपालिका–६ जलजलेको वडा कार्यालय नजिकै घर भाडामा लिई चिया पसल गर्दै आएका थिए ।
प्रतिकात्मक तस्बिर

















