भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन

Thankot Times

थानकोट ।

प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ ।

उनी पछिल्लो २० वर्षदेखि टाटा ग्रुपको अध्यक्ष थिए ।

उनी सोमबारदेखि भारतको मुम्बईको अस्पतालमा उपचाररत थिए ।

उनको ८६ वर्षको उमेरमा निधन भएको हो ।

उनको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएको ग्रुपले विज्ञप्ति जारी गरेर भनेको छ ।

टाटा ग्रुप रतन टाटाका जिजुबाले करिब शताब्दी अगाडि स्थापना गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *