थानकोटमा पनि धुमधामका साथ भित्र्याइँदैछ फूलपाती
थानकोट ।
बडादशैंको साताैं दिन थानकोटस्थित कोतघरमा पनि आज फूलपाती भित्र्याइँदैछ ।
चन्द्रागिरि नगरपालिका १ दहचोकको इन्द्रस्थानस्थित कोतघरबाट ल्याइएको फूलपाती साँझ चन्द्रागिरि-४ थानकोटस्थित कोतघरमा भित्र्याउने परम्परा अझै कायम छ ।
जनश्रुति अनुसार गोरखा राज्यबाट गुरूज्यूको पल्टनसहितले ल्याएको फूलपाती हनुमानढोकास्थित दशैंघरमा भन्दा पहिले इन्द्रस्थानस्थित कोतघरमा भित्र्याउने परम्परा थियो । जुन फूलपाती थानकोट कोतघर व्यवस्थापनका पदाधिकारीहरूले बाजागाजा सहित इन्द्रस्थानबाट थानकोट कोतघरमा भित्र्याउने परम्परा रहेको चन्द्रागिरि नगरपालिका-४ थानकोटका वडाअध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।
इन्द्रस्थानमा रहेको कोतघरबाट स्थानीय मगर थरका पुजारीले स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा थानकोट कोतघरका पदाधिकारीहरूलाई सो फूलपाती हस्तान्तरण गर्ने परम्परा रहेको छ।
त्यसपछि थानकोटस्थित खरिबोटमा ल्याइपुर्याइने सो फूलपाती कोतघरमा भित्र्याउने क्रममा स्थानीयबासीले बाजागाजासहित स्वागत गर्ने चलन छ ।
फाइल फोटो












