२२ वर्षीय सरोज र २९ वर्षीय भुपेन्द्र प्रहरी प्रभाग नागढुङ्गाको नियन्त्रणमा
थानकोट।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषधसहित एक जना युवा पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित मकवानपुर थाहा नगरपालिका-६ बस्ने २२ वर्षीय सरोज अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७३३६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार अधिकारीलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
साथै, थप अनुसन्धानको क्रममा मकवानपुर थाहा नगरपालिका-९ बस्ने २९ वर्षीय भुपेन्द्र बस्नेत उक्त पदार्थ लिन आउने खुल्न आएपछि उनलाई समेत चन्द्रागिरि नगरपालिका-१ दहचोकबाट प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको छ ।












