बलात्कार र गर्भपतन मुद्दाका फरार प्रतिवादी कीर्तिपुरबाट पक्राउ

Thankot Times

थानकोट ।

बलात्कार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सल्यानको बागचौर नगरपालिका-२ बागचौर घर भई काठमाडौं कीर्तिपुर पाँगा बस्दै आएका ३५ वर्षीय रामचन्द्र केसी छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार पाँगाबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध २ साउन २०७७ मा जिल्ला प्रहरी कार्यालय सल्यानमा बलात्कार र गर्भपतनको जाहेरी परेको थियो ।

पछि उच्च अदालत सुर्खेतको २४ वैशाख २०८१ मा उनीविरुद्ध १२ वर्ष ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *