सुनको भाउ दिनहुँ उकालो लाग्दै, आज एक तोला सुनमा ८ सय रुपैयाँ बढ्यो
थानकोट ।
नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ ।
आज बुधबार सुनको भाउ एक तोलामा ८ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको हो ।
अघिल्लो कारोबार दिन मंगलबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज बुधबार नेपालमा चाँदीको भाउ पनि बढेको छ ।
आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।














