चन्द्रागिरि नगरले केबलकार तथा मोनोरेलको प्रवेश शुल्कमा ३ प्रतिशत कर लिने
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले केबलकार, मोनोरेल सञ्चालनमा चालु आर्थिक वर्षका लागि सेवा शुल्क कर निर्धारण गरेको छ ।
नगरले आर्थिक ऐन-२०८१को अनुसूची १० को बुँदा नं. ४ को व्यवसाय/उद्योग तथा संघ संस्थासम्बन्धी सिफारिस तथा सेवा शीर्षकमा सेवा शुल्क कर निर्धारण गरेको हो ।
जसअनुसार नगर क्षेत्रमा केबलकार/मोनोरेल सञ्चालन सेवा शुल्कबापत प्रवेश शुल्कमा ३ प्रतिशत कर लाग्ने उल्लेख छ ।
गत आर्थिक वर्षमा पनि चन्द्रागिरि नगरपालिकाले केबलकारमा सेवा शुल्क बापत प्रवेश शुल्कमा ३ प्रतिशत कर निर्धारण गरेको थियो ।














