ललितपुरमा सवारी दुर्घटना हुँदा २८ वर्षीय सवारीचालकको मृत्यु

Thankot Times

थानकोट । 

ललितपुरको बागमती गाउँपालिका-३ माझखोलामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन घर भएका २८ वर्षीय चालक भरत लामिछाने छन् ।

माझखोलास्थित सडकमा बा २ च ९६६८ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बुधबार बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक भरत लामिछानेको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *