काठमाडौं महानगरपालिका प्लास्टिकका माला र फूल प्रतिबन्ध, अटेर गरे कारबाही गरिने

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले तिहारका बेला प्रयोग गरिने प्लाष्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको छ।

बिहीबार गोरखापत्र दैनिकमा एक सूचना जारी गर्दै महानगरपालिकाले वातावरणमा नकारात्मक प्रभाव पार्ने भन्दै प्लास्टिकका माला फूललगायतका सामाग्री बिक्री, वितरण र ओसारपसार तथा प्रयोगमा निषेध गरेको हो।

प्रतिबन्धित कार्य गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा एकल प्रयोगको प्लाष्टिक, प्लाष्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोन भन्दा पातलो झोलाको बिक्री, वितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाउने उल्लेख गरिसकेको छ।

सूचना हेराैंः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *