सुन चाँदीको मूल्यमा सामान्य गिरावट
थानकोट ।
कारोबार हुने साताको पाँचाैं दिन नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ।
बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको छ ।
बुधबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घटेको छ ।
चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।














