चन्द्रागिरि नगरपालिका-२ पात्लेवनमा एक महिला मृत फेला

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित पात्लेवन क्षेत्रमा एक बेवारिसे शव फेला परेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाका अनुसार स्थानीय ठोस्ने खोलामा बिहीबार बिहान एक महिला मृत अवस्थामा भेटिएकी हुन् ।

मृतक महिलाको पहिचान हुन बाँकी रहेको बताइएको छ ।

प्रहरीका अनुसार मृतक महिलाले रातो रङको बुट्टे मखमल चोलो र रातो रङको साडी तथा पछ्याैरा लगाएकी छन् ।

उनको उमेर करिब ५५-६० वर्षको रहेको र शव फेला परेको स्थाननजिकै केही विषादीका बट्टा समेत फेला परेको छ ।

खोलामा महिला अचेत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताइएको छ ।

अपडेट

मृतक महिला चन्द्रागिरि नगरपालिका वडा नम्बर २ सुवेदी गाँउ बस्ने ५८ वर्षिया माया तामाङको भएको प्रहरीले जानकारी दिएको छ । उनको शव पोष्टमर्टनका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *