मर्यादित भएर चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचना

Thankot Times

थानकोट।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बिहीबार एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्न काम नगर्न आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने र खेलाउने, भूइँचम्पा, पटाका, अतीस बाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरणलगायत कार्य नगर्न र नगराउन पनि अनुरोध गरेको छ ।

सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *