कात्तिक ११ बाट राष्ट्र बैंकले तिहारलाई सुनको असर्फी र चाँदी सिक्का बेच्ने

Thankot Times

थानकोट ।

नेपाल राष्ट्र बैंकले तिहार लक्षित गर्दै आगामी आइतबारदेखि चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंक टक्सार महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै ११ कात्तिक आइतबारदेखि चाँदीको सिक्का बिक्री गर्ने जनाएको हो ।

सुनको असर्फी भने अभाव भएकाले १३ कात्तिमा १ दिन मात्रै बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

तिहारमा धनतेरसको दिन सुन, चाँदीजस्ता बहुमूल्य धातुको असर्फी तथा सिक्का किन्ने चलन छ ।

यसपटक सुनको असर्फी अभाव रहेकाले १३ गते मंगलबार एकदिन मात्रै बिक्री खुला गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

‘सुनको असर्फी २.५ ग्राम प्रतिव्यक्ति एक थानका दरले ‘फर्स्ट कम फर्स्ट सर्भिस’ का आधारमा १३ कात्तिक मंगलबार एकदिन मात्र बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा मध्याह्न ४ बजेसम्म बिक्री गरिने छ,’ राष्ट्र बैंकको सूचनामा छ ।

असर्फी, चाँदीका स्मारिका र मेडालियन खरिदका लागि अनिवार्य सक्कल नागरिकता वा परिचय खुल्ने प्रमाण र त्यसको प्रतिलिपि सहित उपस्थित हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

असर्फी तथा मेडालियन खरिद गर्न नगद तथा क्यूआर मार्फत समेत भुक्तानी गर्न सकिने छ । सुनको असर्फीको दर दैनिक निर्धारण हुने भएकाले सोही दिन ११ बजेपछि मात्र यस महाशाखाबाट बिक्री सुरु हुने राष्ट्र बैंकले जनाएको छ ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *