नेपाली बजारमा आज सुनचाँदीको भाउ कति छ ?

Thankot Times

थानकोट ।

कारोबार हुने साताको छैटाैं दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहँदा चाँदी भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ अघिल्लो कारोबार दिनकै तय गरेको छ ।

हिजो सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ भने घटेको छ।

अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेको छ ।

हिजो बिहीबार चाँदीको भाउ प्रति तोलामा २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *