नागढुङ्गामा मसाल जुलुस, प्रहरीद्धारा हस्तक्षेप

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्र पार्टीनिकटको भातृ संगठन अखिल क्रान्तिकारीले शुक्रबार साँझ चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गा चोकमा मसाल जुलुस निकालेको छ ।

भ्रष्टाचार र बेथितिका विरुद्धमा निकालिएको सो मसाल जुलुसका क्रममा सहभागीहरूले विभिन्न नारा लगाएका थिए ।

करिब २० जना सहभागी भएको सो जुलुस प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ।

जुलुसमा सहभागीहरूले नालायक सरकार मुर्दावाद,  अखिल क्रन्तिकारि जिन्दावाद, भ्रष्टाचारी होसियार लगायतका नारा लगाएका थिए ।

अहिले नागढुङ्गा क्षेत्रको अवस्थामा सामान्य छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *