चन्द्रागिरि पत्रकार संघ गठनका लागि प्रारम्भिक खाका तयार

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका क्षेत्रमा क्रियाशील सञ्चारमाध्यमसँग सम्बन्धित सञ्चारकर्मीहरूको सामुहिक हितका लागि छाता संगठन निर्माणको तयारी थालिएको छ।

नगर क्षेत्रलाई मुख्य कार्य क्षेत्र बनाई सञ्चालनमा रहेका सञ्चार माध्यमहरूका सञ्चालक, सम्पादक तथा ती संस्थामा कार्यरत सञ्चारकर्मी तथा प्रतिनिधिहरूको शुक्रबार बसेको बैठकले चन्द्रागिरि पत्रकार संघ गठन गर्ने निर्णय गरेको हो ।

चन्द्रागिरि नगरमा मुख्य कार्य क्षेत्र बनाई करिब १ दर्जन अनलाइन सञ्चार माध्यमहरू सञ्चालन भइरहेका छन् ।

स्थानीय स्तरमा पत्रकारिता गरिरहँदा आइपर्ने समस्या तथा चुनाैतीको सामुहिक रूपमा सामना गर्न र पत्रकारिताका प्रचलित मूल्य मान्यता स्थापित गर्न संघ गठनको तयारी थालिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *