भन्सार छली गरेर ल्याइएका सर्ट र साडीसहित दुईजना कलंकीबाट पक्राउ

Thankot Times

थानकोट ।

भन्सार छली गरेर खाद्य सामग्री र लत्ताकपडा काठमाडौं भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ना. ७ ख ३४८१ नम्बरको गाडीमा दुई हजार एक सय चार थान सर्ट, ६३ थान साडी, एक बोरा जिरा र एक बोरा खुर्सानी भन्सार छलेर काठमाडौं ल्याउँदै गरेको अवस्थामा शुक्रबार कलंकीबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सवारी चालक मोरङको बेलबारी नगरपालिका–२ बस्ने ३५ वर्षीय विकास पोख्रेल र सहचालक रामेछापको मन्थली नगरपालिका–१४ बस्ने ३६ वर्षीय यामलाल घिसिङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

भन्सार छलीका सामग्रीसहित पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि भन्सार कार्यालय सानोगौचरणमा पठाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *