अवैध पेस्तोलसहित काठमाडौंबाट सेनाका सिपाही पक्राउ

Thankot Times

थानकोट ।

नेपाली सेनाका एक सिपाही अवैध पेस्तोलसहित पक्राउ परेका छन् ।

हिजो शनिबार काठमाडौंको नागार्जुन नगरपालिका-१०, रानीवनबाट प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका-७ का २४ वर्षीय अनिल खड्कालाई पेस्तोलसहित पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले गोप्य सूचनाका आधारमा खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल बरामद गरेको हो । खड्कामाथि अनुसन्धान गर्दै जाँदा उनी सेनाको रामेछापस्थित खड्ग दल गणमा कार्यरत सिपाही रहेको खुलेको प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी वसन्त रजौरेले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *