रेस्टुरेन्टमा तास खेलिरहेका आठजना पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौंमा रेस्टुरेन्टमा तास खेलिरहेको अवस्थामा आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२७, मसानगल्लीस्थित रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं–२५, भेडासिंमा बस्दै आएका महोत्तरीको भँगहा नगरपालिका–७ का ४४ वर्षीय कुशेश्वर साहसहितका व्यक्तिहरू छन् । शनिबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ३८ हजार ६० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *