सुनको मूल्यमा सामान्य गिरावट

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

अघिल्लो कारोबार दिन आइतबार तोलामा १ लाख ६७ हजार ४ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार ४ सय रुपैयाँ घटेर तोलामा १ लाख ६७ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै सोमबार छापावाल सुन प्रति १० ग्रामको मूल्य १ लाख ४३ हजार १ सय ७५ रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ ।

हिजो आइतबार प्रति तोलामा २ हजार ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज सोमबार घटेर २ हजार ६५ रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *