झ्याप्लेखोला पहिरो छानबिन समितिको निष्कर्ष- धादिङ प्रशासनको लापरबाही

Thankot Times

थानकोट ।

असोज दोस्रो हप्ता चन्द्रागिरि नगरपालिका नजिकै धादिङको धुनीवेशी नगरपालिका-९ झ्याप्लेखोलाको पहिरोमा ठूलो मानवीय क्षति हुनुमा धादिङ प्रशासनको लापरबाही भएको निष्कर्ष निकालिएको छ ।

असोज ११ र १२ वर्षासँगै आएको पहिरोले राजमार्गमा रोकिएका गाडीहरु पुरिँदा ३५ जनाको ज्यान गएको थियो । घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी सिद्धिबिक्रम शाहको नेतृत्वमा समितिले गठन गरेको थियो ।

समितिले घटनास्थलको अवलोकन गर्नुका साथै स्थानीय र सवारी साधनसँग सम्बन्धित व्यक्तिहरुसँग सोधपुछ गरेको थियो । अब प्रतिवेदनलाई अन्तिम रुप दिएर बुझाउने तयारी गरिएको समितिका एक सदस्यले बताए ।

उनका सदस्यका अनुसार झ्याप्लेखोलामा ठूलो मानवीय क्षति हुनुमा धादिङ प्रशासनको कमजोरी देखिएको छ । भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको सूचनालाई गम्भीर रुपमा लिएर प्रतिकार्यको काम नगरेको पाइएको उनले बताएको अनलाइन खबरमा समाचार छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *