सुनको मूल्यमा गिरावट
थानकोट ।
कारोबार हुने साताको दोश्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ ।
आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा एक हजार रुपैयाँ घटेर कारोबार भएको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिन हिजो आइतबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज सोमबार चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो आइतबार चाँदी प्रतितोला एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।














