गणेश तथा वन महालक्ष्मी जात्राका अवसरमा मातातीर्थ बालागाउँमा विविध सांस्कृतिक कार्यक्रम हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ बालागाउँमा आज बिहीबारबाट सुरु हुने गणेश महालक्ष्मी तथा वन महालक्ष्मी जात्रा अवसरमा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
आजदेखि मंसिर १ गतेसम्म बालागाउँमा गणेश महालक्ष्मी तथा वन महालक्ष्मी जात्रा मनाइँदैछ ।
मातातीर्थ बालागाउँ जात्रा समितिको संयोजनमा हुने सांस्कृतिक कार्यक्रम कार्तिक २८, २९, ३० गते र मंसिर १ गते साँझ हुनेछ जहाँ चर्चित कलाकारहरूको उपस्थिति रहने बताइएको छ ।
अपरान्ह ३ बजेबाट सुरु हुने सो कार्यक्रममा गजल सन्ध्यासमेत हुने मातातीर्थ बालागाउँ जात्रा समितिले जनाएको छ ।












