सुनको मूल्यमा निरन्तर गिरावट
थानकोट ।
आज बिहीबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको मूल्यमा प्रति तोलामा २ हजार २ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६० हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ ।
अघिल्लो कारोबार दिन बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ रहेकोमा आज चाँदी प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।














