कतै यात्रा गर्दै हुनुहुन्छ ? जान्नुहोस आजको माैसम पूर्वानुमान
थानकोट ।
आज बिहान गण्डकी र कोसी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको भनाइ छ ।
तराई भू–भागका केही स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
विभागले दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।
विभागका अनुसार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
तराईमा बिहान र राति बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।













