सुनकाे मूल्य ताेलामा १ हजार रुपैयाँ बढ्याे

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेकाे छ।

अघिल्लो काराेबार दिनकाे तुलनामा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजाे बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो काराेबार दिन हिजाे बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *