चन्द्रागिरिको जग्गा देखाइ रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

Thankot Times

थानकोट । 

रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गोरखाको शहिद लखन गाउँपालिका-१ का ४८ वर्षीय पुरुष रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार बबरमहलबाट पक्राउ गरेको हो । 

उनले चन्द्रागिरि नगरपालिका-२ बाडभञ्ज्याङको २ कित्ताको जग्गा आफ्नो नाममा पास गरी नबिल बैंकको खातामा ९५ लाख रुपैयाँ जम्मा गरिदिएको छु भन्दै डिपोजिट स्लिप देखाएर  रकम जम्मा नगरीदिएको भन्ने पीडितको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान र  कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *