सुनकाे मूल्य ताेलामा २ हजार रुपैयाँ घट्याे

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनकाे मूल्य आजपनि घटेको छ।

अघिल्लाे काराेबार दिन हिजाे साेमबार प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुनकाे भाउ मंगलबार २ हजार  ६ सय रुपैयाँ घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

आज मंगलबार चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन हिजाे साेमबार चाँदीको भाउ प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँ रहेको चाँदीकाे भाउ आज मंगलबार ताेलामा १ हजार ८ सय २० रुपैयाँ कायम भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *