सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो
थानकोट ।
नेपाली स्थानीय बजारमा आज बुधबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेर एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलामा २६ सय रुपैयाँ घटेको थियो ।
यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर एक हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














