सुनकाे मूल्य ताेलामा ३ सय रुपैयाँ घट्याे
थानकोट ।
नेपाली स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।
आज बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजाे बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो काराेबार दिन बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।














