कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिका-१४ कलंकी खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

बागमती प्रदेश-०२-०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट काठमााडैंको दक्षिणकाली नगरपालिका-१ खहरे बस्ने ५० वर्षीय प्रमेश कुमार खड्गी मंगलबार राति गम्भीर घाइते भएका थिए ।

उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ