सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको छैटाैं दिन नेपाली स्थानीय बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ ।

शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।

बिहीबार सुन प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य भने बढेको छ ।

बिहीबार एक हजार ८ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी शुक्रबार एक हजार ९ सय ९० रुपैयाँ पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *