सुनकाे भाउ ताेलामा ४ सय रुपैयाँ बढ्याे
थानकोट
काराेबार हुने साताको दाेश्राे दिन आज साेमबार नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साेमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँमा काराेबार भइरहेको छ ।
हिजो आइतबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ ।
साेमबार चाँदी प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














