सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढ्यो
थानकोट ।
आज मंगलबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उछाल आएको छ ।
आज सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २ सय रुपैयाँमा खरिद-बिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ ।
आज मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँमा खरिद-बिक्री भएको थियो ।














