एक करोडभन्दा बढीको कारोबार गर्नेले पुस मसान्तसम्म आय विवरण पेस गर्न सक्ने

Thankot Times

थानकोट ।

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०/०८१ मा एक करोडभन्दा बढीको कारोबार गर्नेलाई आय विवरण पुस मसान्तसम्म बुझाउन सक्ने गरी सहजीकरण गरेको छ ।

एक करोडभन्दा बढीको कारोबार गर्ने करदाताले आय विवरण पेस गर्ने म्याद थप माग गरेमा यो सुविधा पाउनेछन् ।

विभागले यही मंसिर २३ गते आर्थिक वर्ष २०८०/८१ मा एक करोडभन्दा बढीको कारोबार गर्नेका लागि आय विवरण पेस गर्ने म्याद थप गरेको हो ।

निजी क्षेत्रका व्यवसायिक/व्यापारिक छाता संगठनहरू तथा करदाताहरूबाट समेत आय विवरण पेस गर्ने म्याद पुस मसान्तसम्म कायम गरिदिन माग गरेका थिए ।  

आयकर ऐन, २०५८ को दफा ९६ (१) मा प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्रमा आय विवरण बुझाउनुपर्ने व्यवस्था छ । तर, करदाताले आय विवरण बुझाउने म्याद थप गर्न अनुरोध गरेमा एकैपटक तथा पटक–पटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *