चरित्र हत्या गरेको आरोपमा चन्द्रागिरि बस्ने एक जना पुरूष पक्राउ

Thankot Times

थानकोट ।

सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर गोप्य तस्बिर रेकर्ड गरेपछि चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरिमा बस्ने भण्डारी थरका पुरुष छन् ।

भण्डारीलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

महिलालाई साथी बनाएर कुराकानी गर्ने क्रममा गोप्य तस्बिर लिएर उनले ती महिलाको आफन्त र साथीहरूलाई पठाएको आरोप छ ।

मंसिर २३ मा पक्राउ परेका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ