नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पद नहुने, अध्यक्षमा चुनाव हुने

Thankot Times

थानकोट।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा वरिष्ठ उपाध्यक्ष पद नहुने भएको छ ।

मंगलबार महासंघको विशेष साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष पद नराख्ने गरी विधान संशोधन प्रस्ताव पारित भएको हो ।

महासंघमा अब दुई उपाध्यक्ष हुनेछ ।

अध्यक्षमा चुनाव हुने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

उनका अनुसार अन्जन श्रेष्ठपछि अध्यक्षमा प्रत्यक्ष चुनाव हुनेछ । महासंघमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था थियो ।

अब नगर र जिल्लाबाट मात्र दुई उपाध्यक्ष हुनेछन् । वस्तुगत र जिल्ला नगरतर्फबाट उपाध्यक्ष हुने जनाइएको छ ।

हाल एक वरिष्ठ उपाध्यक्ष एसोसियट, जिल्ला नगर र वस्तुगतबाट तीनजना उपाध्यक्ष हुने व्यवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *