अण्डाको भाउ बढ्यो
थानकोट ।
नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ ।
बिहीबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले चितवनलाई आधारमानी शुक्रबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो ।
शुक्रबारबाट मध्यम अण्डाको मूल्य ४ सय ७० रुपैयाँ प्रतिक्रेट पर्नेछ । यस्तै ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४ सय ८५ रुपैयाँ पुगेको हो । यसअघि २२ मंसिरमा संघले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४ सय ५५ रुपैयाँ र ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४ सय ७० रुपैयाँ तोकेको थियो ।
संघले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेट सहित प्रति पेटि १ सय ४० रुपैयाँ थप लाग्ने जनाएको छ ।














