नेपाली स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट
थानकोट ।
आज शुक्रबार नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन हिजो बिहीबार छापावाल सुनको भाउ तोलामा १ लाख ५४ हजार २ सय रुपैयाँ कायम भएकोमा सो सुनको मूल्य शुक्रबार तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
अघिल्लो कारोबार दिन हिजो बिहीबार तोलामा १ हजार ९ सय २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार प्रतितोला १ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ ।














